Saturday 14th March 2026

चिन जादै गरेका ४४ किशोरीलाइ माइती नेपालद्वारा घर फर्काइयो


तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति दिन बन्द गरिएको थियो। जनचेतनाको कार्यक्रम सञ्चालन पश्चात् यो वर्ष कम किशोरीलाई मात्र फिर्ता गरिएको माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेले जानकारी दिइन्।

संस्थाले ११ महिनामा एक हजार ९ सय ९३ लाई परामर्श दिएको छ। रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आएसँगै रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ। माइती नेपालले बुधबार धुन्चेमा आयोजा गरेको पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराइएको हो। रसुवाका नागरिकले एक वर्षको लागि चीन प्रवेश अनुमति पत्र पाउने र त्यहाँ रोजगारीको क्षेत्र पनि बढ्दै गएका कारण कामको सिलसिलामा त्यहाँ जाने क्रम बढेको हो। केरुङमा रसुवा तथा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका किशोरी कार्यरत छन्।

जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाउँलगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन्। जिल्लावासीलाई चिन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दोे छ। मानव बेचविखनको न्यूनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ। ‘नाका सञ्चालनमा आएपछि केरुङमा काम गर्न जानेको संख्या बढ्दै गएको छ,’ संयोजक घलेले भनिन्, ‘यसका लागि हामीले परामर्श दिँदै आएका छौं।’

केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट बनाउने झन्झट बेर्होन नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्। केरुङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवालगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन्।केरुङमा करिब पाँच सय जना किशोरी कार्यरत रहेका छन्। होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत शान्ति तामाङले बताइन्। तामाङका अनुसार नेपाली तथा चिनियाँ होटलमा न्यूनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन्।

रसुवागढी अध्यागमन कार्यालयले हालसम्म १० हजार ९ सय ४९ वटा पास जारी गरिसकेको छ। पास लिने अधिकांश केरुङमा कार्यरत छन्। केरुङमा रहेको होटल, डान्सबार, निर्माण क्षेत्रमा काम गर्ने बढी छन्।’यो समाचार नागरिक न्युजमा हिमनाथ देवकोटाले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

प्रतिकृयाहरू
...