Friday 19th September 2025

चिन जादै गरेका ४४ किशोरीलाइ माइती नेपालद्वारा घर फर्काइयो


तितोपाटी-रोजगारीको लागि चीनको केरुङ जान लागेका ४४ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काइदिएको छ। सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्म २० वर्ष उमेर नपुगेका ४४ किशोरीहरूलाई रसुवागढी नाकाबाट फिर्ता गरिएको बताइएको छ। गत वर्ष एक सय १० जना किशोरीहरूलाई फिर्ता गरिएको थियो। गत वर्षदेखि २० वर्ष नपुगेकालाई केरुङ जान अनुमति दिन बन्द गरिएको थियो। जनचेतनाको कार्यक्रम सञ्चालन पश्चात् यो वर्ष कम किशोरीलाई मात्र फिर्ता गरिएको माइती नेपाल रसुवाकी संयोजक लालुमाया घलेले जानकारी दिइन्।

संस्थाले ११ महिनामा एक हजार ९ सय ९३ लाई परामर्श दिएको छ। रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आएसँगै रोजगारीका लागि केरुङ जाने क्रम बढ्दै गएको छ। माइती नेपालले बुधबार धुन्चेमा आयोजा गरेको पत्रकार सम्मेलनको क्रममा उक्त जानकारी गराइएको हो। रसुवाका नागरिकले एक वर्षको लागि चीन प्रवेश अनुमति पत्र पाउने र त्यहाँ रोजगारीको क्षेत्र पनि बढ्दै गएका कारण कामको सिलसिलामा त्यहाँ जाने क्रम बढेको हो। केरुङमा रसुवा तथा छिमेकी जिल्लाहरु नुवाकोट, धादिङ, सिन्धुपाल्चोकका किशोरी कार्यरत छन्।

जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाउँलगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन्। जिल्लावासीलाई चिन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दोे छ। मानव बेचविखनको न्यूनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ। ‘नाका सञ्चालनमा आएपछि केरुङमा काम गर्न जानेको संख्या बढ्दै गएको छ,’ संयोजक घलेले भनिन्, ‘यसका लागि हामीले परामर्श दिँदै आएका छौं।’

केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट बनाउने झन्झट बेर्होन नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्। केरुङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवालगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन्।केरुङमा करिब पाँच सय जना किशोरी कार्यरत रहेका छन्। होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत शान्ति तामाङले बताइन्। तामाङका अनुसार नेपाली तथा चिनियाँ होटलमा न्यूनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन्।

रसुवागढी अध्यागमन कार्यालयले हालसम्म १० हजार ९ सय ४९ वटा पास जारी गरिसकेको छ। पास लिने अधिकांश केरुङमा कार्यरत छन्। केरुङमा रहेको होटल, डान्सबार, निर्माण क्षेत्रमा काम गर्ने बढी छन्।’यो समाचार नागरिक न्युजमा हिमनाथ देवकोटाले लेखेका छन।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...