Saturday 18th April 2026

बाग्लुङमा भिषण पहिरो, एकै परिवारका ३ जनाको मृत्यु


तितोपाटी – बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलबार बिहान मात्र शव निकालेको प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले बताए । खत्रीका दुई छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बाँचेका छन् ।

उनीहरुकागाेठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । इलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् । घटनास्थलमा पुगेर उद्दारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए ।

सोमबार रातीको बर्षाले गलकोट नगरपालिकाको विभिन्न स्थानमा पहिरो खस्दा धेरै क्षति भएको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘घटनास्थलमा जाने बाटो पनि छैन,’ गैहैले भने, ‘उद्दारमा खटिएका युवाहरुलाई पनि सास्ती भएको छ ।’ जनप्रतिनिधिहरुलाई पनि टाेलीमा बाँडेर खटाएको उनले बताए ।

पहिरोले मध्यपहाडी लोकमार्गको नरेठाँटीमा सडक बगाएको छ । नरेठाँटी खोलाले आउजाउ गर्न कठिन भएकोले पहिरो पन्छाएर यातायात चलाउने प्रयास भैरहेको छ। खोलाले बहाव परिवर्तन गर्दा दर्जनबढी घरमा क्षति पुगेको छ । पशुचौपायाहरु बगाएको र केही मरेको गैह्रेले टेलिफोनमा बताए ।

हरिचौरमा खोला बढेर आउँदा इलाका प्रहरी कार्यालयको प्रतिक्षालय समेत बगाएको छ । ठाउँठाउँमा खसेका पहिरोले आवतजावतमा समस्या भएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । पहिरो र बाढीले गलकोट–७ को दिपज्योती आधारभूत विद्यालयको मैदान बगाएको छ । बाढी र पहिरोले हरिचौरस्थित कौलेनी टेउवा मोटरबाटो अवरुद्ध भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...