जानकी जानु बिश्वकर्मा – एक पुरुष विवाहको लागि हतास हुन्छ अनि लगन अनुसार विवाह गर्छ । विवाह भएको तीन महिना नहुदै बाध्यताको एक झोला बोक्न हतार हुन्छ । विहेको केही क्षणिक सम्बन्धमा नारी गर्भधारण गर्छिन तर पुरुष भने विवाह पछिको नासो नारीको पेटमा छोडी विदेश पलाएन हुन्छन । हाम्रो नेपाली समाजको अधिकांश घर परिवारमा यस्तै यस्तै दैनिकीहरू देख्न पाइन्छन् ।
परदेशीएको पुरूषलाइ सुरु सुरुमा त घरको याद आउने नै भयो । जब माहोल बहार बदलिदै जान्छ घरकी ती नारी अाफ्नी अर्धांगिनीको याद थोरै हुँदै जान्छ । परदेशीए पछि उक्त पुरूषले पत्नीलाइ खाना लाउन दु:ख कटाएको छैन केलाइ पिर लिन पर्यो भन्दै माया भन्दा मान गरेको छु झै गरेर गृहस्थी जीवनको बाध्यता स्वरूपको जिम्मेवारी मात्रै लिन्छ । देखावटी रूपमा माया गरेको स्वाङ गर्दै परदेशमा पुरूष भड्किन थाल्छ । हुँदाहुँदै यता परदेशमा पुरुष परस्त्रीसँगको क्षणिक नया प्रेममा फक्रन थाल्छ र ब्याभिचरी बन्दछ । सर्वस्व संसार नै परदेशमा भेटेका ती युवती हुन झै गरेर ती युवतीसँग पुरूष लम्पट हुन्छ ।
ति युवती पनि पुरुष कै योवनको प्याला बन्छिन । माया धेरै बिस्वास थोरै गरि आधा अपुरो बन्धनमा परदेशी जिन्दगी जकडिन्छ । घरमा नयाँ बेहुली बाचुन्जेल तिनै पुरुषको जिवनमा जिन्दगी बिताउने मिठो कल्पनामा मनमा धेरै नया उमंग फुराउदै बन पाखा घाँस दाउरा गर्छिन । ती नारीको कलकलाउँदो योवन उमेर पनि परदेशी पतिकै यादमा जान्छ। यता पुरुषको योवन त अधुरो कहाँ रहन्छ र ?
मानिसमा मात्र नभै चरम सुख भोग भनेको हरेक प्राणीमा हुन्छ तर धेरै जसो नारी जवानीको जोवन पर्खाइमा नै मुर्छिन्छन् तर पनि दोषी नारीलाइ नै देखाइन्छ । फलनासंग बोली ढिस्कासंग उभिएर हाँसी भनेर नारीलाइ नै दोषी देखाइन्छ । अझ कतिपय ठाउँका पुरुष त दुई बच्चा पाल्नको दुःखले श्रीमतीलाई नै विदेश जाने आदेश दिन्छन । जब ती नारी दुई लालाबाला छोडी विदेश धन कमाउने सपना बोकेर पछ्यौरीमा आँसुको दाग र झोलामा खोक्रो सपना बोकेर विदेश पलायन हुन्छिन तब समयले खुड्किलो काट्दै जान्छ ।
घरमा बसेको पुरुषको जवानी उर्लेर आउँछ । उसलाइ अर्की नारीको खाँचो हुन्छ र अर्की नारीलाइ गृहणी बनाएर घरमा भित्र्याउँछ । यतिखेर पनि उक्त पुरूषलाइ दोषी देखाइन्न बरू उल्टै बहादुर बनाइन्छ । भनिन्छ “मर्दका दशवटी श्रीमती हुन्छन्” बरू उल्टै साैता माथि अाएकी भनेर नारीलाइ नै दोष देखाइन्छ । आउने नारीको त के दोष ल्यानेले आकास जत्रो सपना देखाएर ल्याएपछि ? तर पनि नारीलाइ नै नकचरी यस्ती उस्ति भनेर दोष दिने गरिन्छ ।
यता विदेशमा हुने स्वास्नी यदि कसैसंग दुई चार कुरा गरेको के सुनिन्छ बदनाम भइ बेश्या भइ अनि यस्तै कारण जीवन घर सबै खोक्रो झोलामा नै सिमित रहन्छ । यस्तै यस्तै कारणले ती नारीलाइवर्षौसम्म परदेशमा जीवन बिताउन हुनुपर्छ अनि स्देवशमा रहने नारी यस्तै गरि श्रीमानको पर्खाइमा चालीस कटाउनु पर्छ ।आँखाका ती सपना अधुरै ओठका ती प्यास अधुरैमा जवानीले चालीस काट्छ ।
यसरी हेर्दा नेपाली समाजले पुरूषलाइ मस्ती नै मस्ती दिएको छ । गल्ती नै गरे पनि बहादुर बनाएको छ । नारीलाइ भने यसो गरे पनि जस छैन उसो गरे पनि जस छैन । समाजको पुरूष र नारीलाइ हेर्ने फरक दृष्टिकोणले सधैं नारी मात्रै च्यापिने गरेका छन्, पिल्सिने गरेका छन्, पीडित हुने गरेका छन् । न त स्वदेशकी नारीले मस्त जवानीमा याैवनको प्यास मेट्न पाउँछिन न त परदेशमा स्वच्छन्द विचरण गर्न पाउँछिन् ।
यसरी नारीको जिवन न त जवानीको मस्ती गरेर जान्छ न त बुढ्याैलीको सुखी साथमा जान्छ । वास्तवमा यहि तितो सत्य हो । नेपाली समाज यसरी नै टुक्रिदै र बिग्रंदै गएको छ । हरेक परिवारमा विश्वास टुट्दै गएको छ । अापसी कलह र झै-झगडा बढिरहेको छ । फल तः सम्बन्ध बिच्छेदको अबस्थामा पुगेको छ । हालैका वर्षहरूमा यो समस्या अझ बिकराल बनेर अगाडि अाएको छ । अब भन्नुहोस यसो हुनुमा दोषी को ? हरेक सपना र अन्तर चाहना मनमै गुम्साएर स्वदेशमा घर धन्दा, मेलापाता, घाँस-दाउरामा जिवन बिताएर होस या परदेशमा पाैरखी बनेकी नारी वा तिनै नारीलाइ सम्पती वा खेलाैना सम्झने स्वदेश तथा परदेशमा बस्ने पुरूष वा सधैं नारीलाइ मात्रै दोषी देख्ने समाज ? उत्तर पाठकको जिम्मामा ।