Friday 2nd October 2026

‘सी’ काठमाडौं उत्रिँदा विमानस्थल २ घण्टा बन्द हुने


तितोपाटी- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरिएको जनाएको हो। विमानस्थल बन्द हुने सम्बन्धमा जारी गरिने आधिकारिक सूचनालाई नोटाम भनिन्छ।विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्मका लागि नोटाम जारी गरिएको छ।

यस क्रममा विमानस्थल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनलका सबै सेवा ठप्प हुनेछन्। कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिकासमेत सार्वजनिक गर्दै नयाँ उडानको समयसमेत निर्धारण गरेको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकामा एक साताभित्र भएका पाँच वटा गोलीकाण्डमा कम्तीमा ४६ जनाको मृत्यु भएपछि देशमा बढ्दो बन्दुक हिंसाप्रति चिन्ता बढेको छ।…

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका न्यायाधीशहरूको कार्यशैली तथा महत्वाकांक्षामाथि गम्भीर टिप्पणी गरेका छन्। गिद्धे प्रेस मार्फत…

‘चोलेन्द्र पक्राउ परेपछि अमरेशले १८० डिग्री युटर्न लिए, त्यसको पछाडि कुनै गोप्य सम्झौता छ’ छ की उनी कतै चालेन्द्रको मोवाईलमा…

प्रतिकृयाहरू
...