Tuesday 2nd June 2026

को पुग्ला नकआउट : पोर्चुगलसामु इरान तगारो, स्पेनलाई मोरक्कोको चुनौती


तिताेपाटी – इरानले यस प्रतियोगितामा सबैभन्दा बढी १ सय ७ पटकसम्म बल क्लियरेन्स, ट्याकल र सेभ गरेको छ । कार्लाेस क्विरोजको टोलीले यस प्रतियोगितामा एक मात्रै गोल व्यहोरेको छ ।

सन् २०१० को विश्वकपमा ब्राजिलविरुद्ध गोलरहित बराबरी खेलेपछि पोर्चुगलले खेल नखाएको भनेकै यस विश्वकपमा मोरक्को विरुद्ध १–० को जित निकाल्दाको खेलमा हो ।

अग्रपङ्क्तिमा कप्तान क्रिस्ट्रियानो रोनाल्डो निकै फर्ममा छन् र अहिलेसम्म पोर्चुगलका तर्फबाट भएका सबै गोल उनले नै गरेका हुन् । तर आन्द्रेई सिल्भाले आफ्नो स्वभाविक खेल देखाउन सकेका छैनन् । त्यसैले पोर्चुगलमाथि दबाब हुनेछ ।

स्पेन विरुद्ध मोरक्को
सन् २०१० को विजेता स्पेन निश्चित जितसहित दोस्रो चरणको यात्रा गर्न चाहन्छ । यता, मोरक्को विश्वकपबाट अङ्कविहीन भएर फर्कन चाहँदैन । यस खेल हारेमा स्पेनको दोस्रो चरणको यात्रा पोर्चुगल र इरानबीचको नतिजामा निर्भर हुनेछ । त्यसैले आफ्नो भाग्यको फैसला अर्को खेलले गरेको हेर्न स्पेन चाहँदैन ।

कागजी रूपमा फर्नान्डो हियरोको टोली अत्यधिक बलियो छ । यो टोली विश्वकपको दाबेदार हो । तर इरानले उसलाई पछिल्लो खेलमा धेरै दबाबमा राखेको थियो । यद्यपि अन्त्यमा स्पेनले जितिछाड्यो । सन् २०१० को युरोकपमा अन्तिम १६ मा इटलीसँग पराजित भएपछि खेलेका २२ खेलमा स्पेनले हार व्यहोरेको छैन ।

यता यस विश्वकपमा मोरक्कोले लगातार दुई खेल गुमायो । यद्यपि उसको खेल हेर्नलायक थियो । लगातार तीन खेल गुमाउन मोरक्को चाहँदैन । विश्वकपमा कम्तीमा पनि एक गोल गर्न चाहन्छ । यस विश्वकपमा उसले अहिलेसम्म गोल गरेको छैन ।

यस्तो छ दोस्रो चरणको समीकरण

स्पेन र मोरक्को तथा पोर्चुगल र इरानबीचको खेलमा एकै समय अर्थात ११ बजेर ४५ मिनेट जाँदा (नेपाली समयअनुसार) हुनेछ ।

अन्तिम खेलमा पोर्चुगल र स्पेन दुवै विजयी भएमा उनीहरूले अन्तिम खेलमा गरेको गोलका आधारमा समूह विजेता चयन हुनेछ । यदि दुवै टोलीले समान गोलअन्तरको विजय हासिल गरे भने को समूह विजेता बन्ने ? दुवै टोलीले समान गोल अन्तरको बराबरी खेलमा पनि यही अवस्था आउनेछ ।

सुरुवाती खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । आआफ्नो दोस्रो खेलमा उनीहरूले १–० कै समान जित निकाले । त्यसैले अहिलेसम्म अङ्क, गोलअन्तर, गरेको गोल र हेड टु हेड सबै बराबर छ ।
यस्तो अवस्थामा फिफा फेयर प्ले सिस्टमबाट समूह विजेताको टुङ्गो लाग्नेछ । फिफाको नियमअनुसार दुई टोलीबीच अङ्क र गोलअन्तर समान भएमा धेरै गोल गर्ने टोलीमाथि हुनेछ । यदि गरेको गोल सङ्ख्या र खाएको गोलसङ्ख्या पनि बराबर भएमा हेड टु हेड र त्यो पनि बराबर भए फेयर प्ले सिस्टममा अब्बल ठहरिने टोली माथि पर्नेछ ।

के हो फेयर प्ले सिस्टम ?

समान अङ्क, समान गोलअन्तर, गरेको गोल र खाएको गोल पनि बराबर अनि हेड टु हेड पनि बराबर । यस्तो अवस्थाका दुई टोलीबीच तुलना हुन्छ । पहेँलो कार्ड, दुई पहेँलो कार्ड, रातो कार्ड र पहेँलो कार्ड अनि त्यसपछि रातो कार्ड यी सबैको हिसाब गरेर टोलीको अङ्क घटाउँदै लगिन्छ र अङ्क घट्दा जुन टोली माथि रहन्छ । त्यही टोली छनोट हुनेछ । समूह चरणका खेलमा प्रत्येक खेलाडीले पाएको एक पहेँलो कार्डबापत १ अङ्क कटौती हुन्छ । यदि एकै खेलाडील दुई पहेँलो कार्ड (अप्रत्यक्ष रेड कार्ड) खाएको छ भने ३ अङ्क कटौती हुन्छ । सीधा रातो कार्डका लागि ४ अङ्क कटौती हुन्छ । पहेँलो कार्ड र त्यसपछि रातो कार्ड खाएको छ भने ५ अङ्क कटौती हुन्छ ।

अन्तिम खेलअघिसम्म स्पेनको फेयर प्ले रेकर्ड राम्रो छ । उसले समूहका सुरुवाती दुई खेलमा एक कार्ड मात्रै खाएको छ । पोर्चुगलले दुईवटा कार्ड खाएको छ ।

अन्य सम्भावना
इरानसँगको खेल जितेमा वा बराबरीमै टुङ्गिएमा पोर्चुगल सीधै छनोट हुनेछ । जितले ७ र बराबरीले ५ अङ्क पोर्चुगलको नाममा हुनेछ । खेल हारेमा इरान बाहिरिनेछ ।

बराबरी भएमा इरानको ४ अङ्क हुनेछ । यस्तो अवस्थामा मोरक्को विरुद्ध स्पेनले २ गोलअन्तरको हार व्यहोरेको खण्डमा इरान दोस्रो चरण पुग्नेछ । पोर्चुगल समूह विजेता बन्नेछ ।

पराजित भएको खण्डमा पनि पोर्चुगल दोस्रो चरण पुग्नेछ । तर त्यसका लागि पोर्चुगलभन्दा स्पेन धेरै गोलअन्तरले पराजित हुनुपर्छ वा उस्तै अन्तरले पराजित भएमा फिफा फेयर प्ले सिस्टम लागू हुुनेछ ।

उदाहरणका लागि, पोर्चुगल र इरानले ४–४ गोलको बराबरी खेले र अर्को खेलमा स्पेनलाई मोरक्कोले १–० ले रोक्यो भने इरान दोस्रो चरणमा जानेछ किनकि उसले गरेको गोलसङ्ख्या यस खेलमा ४ र मोरक्को विरुद्ध १ जोड्दा कल ५ पुग्नेछ । खाएको गोलसङ्ख्या स्पेनविरुद्ध १ र पोर्चुगलविरुद्ध ४ गरेर ४ गोल नै पुग्नेछ अर्थात गोलअन्तर शून्य ।

अब, स्पेनले १–० ले मोरक्कोसँग पराजित भएको अवस्था मान्दा उसले गरेको गोल पोर्चुगल विरुद्ध ३ र इरानविरुद्ध १ अर्थात ४ हुनेछ र खाएको गोलसङ्ख्या पोर्चुगलविरुद्ध ३ र मोरक्कोविरुद्ध १ जोड्दा ४ नै अर्थात गोलअन्तर शून्य हुनेछ ।

यस्तो परिस्थिति आएमा धेरै गोल गर्ने टिम इरान दोस्रो चरण पुग्नेछ ।

यदि इरान र पोर्चुगलबीच आज ३–३ गोलको बराबरी भएमा र अर्को खेलमा स्पेन १–० ले नै पराजित भएमा स्पेन जानेछ । किनकि यस्तो स्थितिमा दुवै टोलीले गरेको गोल ४ र खाएको गोल ४ हुनेछ । जब दुवै टोलीले गरेको र खाएको गोल समान हुन्छ अनि हेड टु हेडका आधारमा निर्णय लिइन्छ । स्पेनले इरानलाई हराएकाले हेड टु हेडमा स्पेन अघि हुन्छ ।

अब बाँकी रह्यो मोरक्को, अहिलेसम्म यस समूहको पुछारमा रहेको मोरक्कोले दुई खेल गुमाइसकेको छ । अन्तिम खेल जितेको खण्डमा पनि मोरक्कोले दोस्रो चरण प्रवेश गर्न सक्नेछैन । किनकि जितबाट पनि मोरक्कोले हासिल गर्ने ३ अङ्क हो । स्पेन र पोर्चुगलले अन्तिम खेलअघि नै ४–४ अङ्क जोडिसकेका छन् ।

समग्रमा टोलीहरूको विभाजन यसरी हुन्छ
१. धेरै अङ्क हासिल गर्ने टोली

२. अङ्क बराबर भएमा गोलअन्तर । (खाएको र गरेको गोललाई आधार मानेर )

३. गोलअन्तर बराबर भएमा धेरै गोल गर्ने टोली (धेरै गोल गरेर धेरै गोल खाने टोली नै माथि रहन्छ)

४. गरेको र खाएको गोल पनि बराबर भएमा हेड टु हेड (दुई टोली एक आपसमा भिड्दा जो विजयी भएको थियो । उसैको पक्षमा निर्णय हुन्छ ।)

५. हेड टु हेड पनि बराबर भएमा फिफा फेयर प्ले सिस्टम ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

भारतीय सञ्चारमाध्यम Aaj Tak ले हालै नेपालको सीमा विवादसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई मुख्य समाचार…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानलाई “पूर्ण र बिना सर्त आत्मसमर्पण” गर्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो…

हालसम्म सार्वजनिक भएका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार, Ali Al Salem Air Base मा इरानले प्रहार गरेको भनिएको एक Fateh-110 ब्यालिस्टिक…

प्रतिकृयाहरू
...