Sunday 18th October 2026

एनआएनएको नवाैं विश्व सम्मेलनका अध्यक्षको प्रत्यासी कुल आचार्य कुवेतमा


तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए ।

सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय अध्यक्ष कुल प्रसाद आचार्य, त्यस्तै दुबई बाट आइ सि सि सदस्य मजोन गोर्खाली लाई एन आर एन ए, कुवेतले कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा भव्य स्वागत गरेको छ।

डेढ दशक भन्दा लामो समयदेखि कुवेतमा रहेर धेरै अनुभवसमेत बटुलेका केसीले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र आफ्ना कामको सूचीहरुलाई अघि बढाउने बताएका छन् । त्यस्तै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउने बताए।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...