Friday 19th September 2025

कुवेतमा फेरी एक नेपालीको हृदयघातबाट मृत्यु


बसन्त थापा- बैदेशिक रोजगारीको शिलशिलामा कुवैत आएका तनहु जिल्ला फिरफिरे गाउपालिका-३ घडेरीगाउ घर भएका अन्दाजी ४३ वर्षका खुम बहादुर गुरुङको उपचारका क्रममा कुवैत स्थित फर्वानिया अस्पतालमा मृत्यु भएको छ ।

गत जुन २० गते बुधवारको दिन आफुलाई असहज भएको र उक्त समयमा उपचारको लागि फर्वानिया अस्पतालमा मृतकका भाइले लिएर गएका थिए। बिहिवार बिहान २ बजे हृदयघातका कारण गुरुङको मृत्यु भएको मृतकका भाइ कुमान सिङ्ग गुरुङले तितोपाती डट कम लाइ जानकारी दिएका छन।

खुम बहादुरको घरमा श्रीमती र दुइ छोरी रहेका छन ।

१७ वर्ष पहिला कुवैत छिरेर इस्टा मसाज सेन्टर, सैलुन रिगाईमा कार्यरत मृतक खुम बहादुर सदाको लागि अस्ताएका छन।

खुम बहादुर १६ महिना पहिला मात्र छुट्टि गएर आएका थिए।मृतकको शबलाई कुवेत सिटी स्थित फर्वानिया अस्पतालमा राखिएको, लुम्बिनी सेवा समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...