Wednesday 24th December 2025

डेंगुको कारण फिलिपिन्समा यस वर्ष ८०० भन्दा बढीको ज्यान गयो


तितोपाटी – फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ। विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ। विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन गरेको छ। गत वर्षको यही अवधिमा ९३ हजार १४९ जना डेङ्गुका बिरामी फेला परेका थिए।

डेङ्गुका बिरामी दोब्बरले वृद्धि भएको फिलिपिन्समा सन् २०१८ को तुलनामा मृत्यु भएकाको संख्या पनि झण्डै दोब्बरले वृद्धि भएको छ। गत वर्ष ४९७ जनाको डेङ्गुकै कारण मृत्यु भएको थियो। स्वास्थ्य सेवा विभागले फिलिपिन्सका मध्य र दक्षिणी क्षेत्रमा डेङ्गुको महामारी देखिएको जनाएको छ। विभागले डेङ्गुबाट बिरामी हुनेहरुमा सबैभन्दा बढी पाँचदेखि नौ वर्ष उमेरका बालबालिकामा देखिएको जनाएको छ। यो उमेर समूहमा करिब २३ प्रतिशत बिरामी देखिएका छन्।

स्वास्थ्य मन्त्रालयका उपसचिव एरिक डोमिङ्गोले डेङ्गुका बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको जानकारी दिए। उनले डेङ्गु रोग फैल्याउने लामखुट्टेको बासस्थान नष्ट गर्न र सफाईमा विशेष ध्यान दिन आग्रह गरे। गत अगस्ट ६ मा फिलिपिन्स सरकारले डेङ्गुको महामारी देशव्यापी रहेको भन्दै संकटकाल घोषणा गरेको थियो। स्वास्थ्य सेवा विभागले वर्षादको मौसममा आगामी अक्टोबरसम्म लामखुट्टे धेरै बढ्ने भएकाले डेङ्गु फैलन सक्ने भन्दै थप सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ। सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...