Friday 19th June 2026

सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली


तितोपाटी- उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् । उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीसँग सञ्चारकर्मीले उपचार र स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’ प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

शुक्रबार नै स्वदेश फर्किने भनिएका ओली अस्पतालबाट स्वास्थ्य जाँचको रिपोर्ट आउन ढिलाइ भएपछि सोमबार मात्रै स्वदेश फर्किएका हुन् ।ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो । सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । छाउनीमा जाँच गरिएपछि प्रधानमन्त्री ओली निजी चिकित्सक समेतको साथमा उपचारका लागि सिंगापुर गएका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...