Saturday 31st October 2026

सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली


तितोपाटी- उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् । उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीसँग सञ्चारकर्मीले उपचार र स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’ प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

शुक्रबार नै स्वदेश फर्किने भनिएका ओली अस्पतालबाट स्वास्थ्य जाँचको रिपोर्ट आउन ढिलाइ भएपछि सोमबार मात्रै स्वदेश फर्किएका हुन् ।ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो । सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो । छाउनीमा जाँच गरिएपछि प्रधानमन्त्री ओली निजी चिकित्सक समेतको साथमा उपचारका लागि सिंगापुर गएका थिए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...