Thursday 2nd April 2026

मन्त्री बिना मगर भन्छिन -मेरै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन्छ


खानेपानीमन्त्री विना मगरले आफ्नै कार्यकालमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको बताएकी छिन् । निर्माण गरिरहेको ठेकेदार कम्पनी नै टाट पल्टिएपछि पछिल्लो समय काम रोकिए पनि अब चाँडै गति लिने बताइन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको प्रक्रिया सुरु भएदेखि हालसम्म २४औँ पटक मन्त्री फेरिएको र २५औँ पटक मन्त्री फेरिनुअघि नै आयोजना सम्पन्न हुने गरी काम गरिरहेको छु ।’

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसदहरू राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, लक्ष्मी परियार, प्रकाश रसाइली स्नेहीलगायतले मेलम्ची आयोजनामा भइरहेको ढिलाइबारे प्रश्न गरेका थिए । उनीहरूले नयाँ ठेक्काका नाममा अनियमितता बढ्दै गएको आरोप लगाए ।

मन्त्री मगरले यसअघिका सरकारको उदासीनतालाई चिर्दै आयोजना सम्पन्न गर्न लागेको दाबी गरिन् । ‘मेलम्ची सम्पन्न गर्ने अभिप्रायका साथ खटिएका छौँ । सुरुमा तीन वर्षसम्म सक्ने भनिएको योजना यतिका वर्ष लागिसकेको छ । अवरोध केही समय भयो । सिएमसी कम्पनी आर्थिक रूपमा टाट पल्टिनका लागि खानेपानीमन्त्री र सरकारको कुनै भूमिका छैन भन्ने आत्मसात् माननीयले गरिदिनुपर्‍यो,’ मन्त्री मगरले भनिन् । खानेपानीसम्बन्धी रहेको नीतिगत कतिपय समस्या फुकाउन मन्त्रालयले यो विधेयक संसद्मा प्रस्तुत गरेको उनले बताइन् ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...