Monday 19th October 2026

लिबियामा सेनाको हवाइ आक्रमणमा परी ४२ जनाको मृत्यु


तितोपाटी – लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार आक्रमणबारे जानकारी दिएका हुन् । उनीहरुका अनुसार सरकारी सैनिकको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

नगरपालिकामा कार्यरत एकजना सरकारी अधिकारी इब्राहिम ओमरले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’ घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

प्रतिकृयाहरू
...