Wednesday 5th August 2026

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने चेतावनी


तितोपाटी -पुर्व प्रधानमन्त्री एबम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट लखेट्ने चेतावनी दिएका छन्। आइतबार खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। ‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, पुर्वप्रधानमन्त्री प्रचण्डले भने  पूर्वराजा ज्ञानेन्द्रले धेरै सक्रियता देखाए नसोचेको परिणाम भोग्नुपर्छ।

परिवर्तन नचाहनेले देशमा बकवास गर्न थालेको प्रचण्डको आरोप छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै पुर्वप्रधानमन्त्री प्रचण्डले अब नसच्चिए नागार्जुन दरबारबाट लखेट्ने चेतावनी दिए।तीन करोड जनता फेरि सडकमा आउनु परे परिवर्तन विरोधीहरुको हालत नराम्रो हुनेछ’, प्रचण्डले भने। एघार वर्षअघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोड्ने खैरेनीघाटको उक्त पुल करिब नौ करोड लगानीमा निर्माण सम्पन्न भएको हो।


सम्बन्धित शीर्षकहरु

स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्कियो, नयाँ विशाल क्रेटर; वैज्ञानिकका लागि बन्यो दुर्लभ अनुसन्धानको अवसर अमेरिकी कम्पनी स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोगपछि छुट्टिएको…

नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसको अवसरमा आयोजना हुन गइरहेको तेस्रो रक्तदान कार्यक्रम तथा चौथो माधव शाही स्मृति पत्रकारिता…

पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी टिकटक र फेसबुकमा अलमुल्ला क्लिनिङ कम्पनीलाई केन्द्रित गरेर भिडियो र आरोपहरूको बाढी आएको छ। मजदुरको…

प्रतिकृयाहरू
...