Sunday 1st November 2026

नेकपा अध्यक्ष दाहाल स्वदेश फिर्ता


तितोपाटी- सत्तारूढ नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित शनिबार राति काठमाडाैं उत्रिएका छन् ।

पारिवारिक भ्रमणका लागि दुबई गएका दाहाल स्वदेश फर्किएका हुन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए ।सीतालाइ जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् ।

उनीहरुको दुबई भ्रमण पनि त्यसैको निरन्तरता भएको प्रचण्डको सचिवालयको भनाइ छ । दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...