Tuesday 7th October 2025

इण्डोनेसियमा डुंगा डुब्दा १८० भन्दा बढि वेपत्ता


तितोपाटी – इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् ।

इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको समयमा मौसम बिग्रिएकाले धेरैजसो यात्रु जहाज भित्रै च्यापिएको विश्वास गरिएको छ ।

उद्धारकर्ताहरुले १८ जनालाई भने जिवितै उद्धार गरेको जनाएका छन् ।

इण्डोनेसियामा ४० प्रतिशत डुंगा दुर्घटना मानवीय त्रुटीका कारण र १२ प्रतिशत खराब मौसमका कारण हुने गरेको तथ्यांक छ । (एजेन्सी)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...