Monday 5th October 2026

इण्डोनेसियमा डुंगा डुब्दा १८० भन्दा बढि वेपत्ता


तितोपाटी – इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् ।

इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको समयमा मौसम बिग्रिएकाले धेरैजसो यात्रु जहाज भित्रै च्यापिएको विश्वास गरिएको छ ।

उद्धारकर्ताहरुले १८ जनालाई भने जिवितै उद्धार गरेको जनाएका छन् ।

इण्डोनेसियामा ४० प्रतिशत डुंगा दुर्घटना मानवीय त्रुटीका कारण र १२ प्रतिशत खराब मौसमका कारण हुने गरेको तथ्यांक छ । (एजेन्सी)


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...