Wednesday 26th August 2026

अफगानिस्तानमा निर्वाचनका लागि प्रचार प्रसार सुरु


तितोपाटी- अफगानिस्तानमा आउँदो सेप्टेम्बरको अन्त्यतिर हुने राष्ट्रपति निर्वाचनका लागि राष्ट्रपति मोहम्मद असरफ घानीले आइतबारदेखि प्रचार प्रसार अभियान सुरु गरेका छन् । युद्धग्रस्त देश अफगानिस्तानमा घानीले फेरि राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन ।

राष्ट्रपति निर्वाचनका लागि घानीसहित कूल १८ जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य हुनेछ ।निर्वाचन आयोगले एक वक्तव्य जारी गरेर मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचार–प्रसार गर्न पाइने जनाएको छ ।

घानीले मुख्य प्रतिस्पर्धा अफगान गुप्तचर निकायका पूर्व प्रमुख रहमातुल्लाह नबिलसँग गर्नु पर्ने देखिएको छ । नबिल पनि राष्ट्रपति पदका लागि सशक्त उम्मेदबार रहेका छन् ।निर्वाचनमा बहालवाला राष्ट्रपति घानीले सरकारी स्रोत साधनको दुरुप्रयोग गर्ने विषयलाई पनि ध्यान दिएर हेरिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ ।

-साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...