Monday 19th October 2026

अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपालीको मृत्यु


तितोपाटी- अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।कारको अगाडि सिटमा रहेका एक जना र पछाडि सिटमा बसेकी अर्की युवतीको मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको कूमा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...