Monday 24th August 2026

वैदेशिक रोजगार कतारबाट फर्केका दिपकले स्वदेशमै गरे योगा सेण्टर स्थापना


तितोपाटी- कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो ।

योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । ‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको अभाव छ । योगा सिक्नको लागि भारत जानुपर्ने अबस्था छ’, स्कुलका संस्थापक भेटवालले भने,‘यसले विन्यासा फ्लोको कक्षाहरु सञ्चालन गर्दछ ।’ स्कुलले १० बर्षभित्र एकसय वटा योगा सेन्टर बिस्तार गर्ने र एक हजार दक्ष योग प्रशिक्षकहरु उत्पादन गर्ने योजना बनाएको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सही तरिकाले योग अभ्यास गरेमा स्वास्थ्यको लागि फाइदाजनक रहेको वताए । ‘योगको अभ्यास योग्य प्रशिक्षकबाटै सिक्नु पर्छ । हात हल्लाउदै र खुट्टा मर्काउदैमा योगा हुदैन । योगलाई योगाकै रुपमा अभ्यास गर्नुपर्दछ,’ उनले भने,‘त्यसो भएमात्रै योगाले सही ढंगले काम गर्नेछ ।’

योगाले सकारात्मक सोच्न र आवेगमा आउनबाट जोगाउने हु“दा समाजमा अपराध घटाउनेदेखि मानिसहरुको दैनिक कार्य क्षमतामा बृद्धि गर्ने वताए । उनले सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार हुनको लागि प्रोत्साहन गर्ने नीति रहेको वताए । भेटवालले मानिसहरु तनाव र मोटोपन जस्ता समस्याबाट ग्रसितहरुको लागि योगा उपयुक्त रहेको वताए । ‘तनाव र मोटोपनकै कारण संसार भरी उच्चरक्तचाप, मधुमेह, थाइराईड, युरीक एसिड लगायतका रोगीहरुको संख्य उल्लेख्य रुपमा बढ्दै गइरहेको छ ।

यसमा प्रशिक्षक उत्पादन बाहेक बिभिन्न रोग बिशेष अनुसार थेरापेटिक योग अभ्यास, तनाव ब्यवस्थापन लगायतका कक्षाहरु दैनिक रुपमा सन्चालनमा ल्याएको छ । स्कुलले बिभिन्न बिद्यालयहरु तथा कार्यलयहरुमा योगलाई जोड्नको लागि अफिस योगा तथा योग इन स्कुलको कार्यक्रमहरु ल्याएको छ । दुई दशकदेखि योगामा लागेका स्कुलका मुख्य योग प्रशिक्षक शिव वस्यालले योगको मुल बिज्ञान र दर्शनलाई समाजमा स्थापित गर्नको लागि यस स्कुलको स्थापना भएको हो । यस स्कुल हाल सात जना योग तथा ध्यानको प्रशिक्षक रहेका छन् ।

उद्घाटन कार्यक्रममा मेडिसिटी अस्पतालमा कार्यरत न्यूरो सर्जन डा. प्रकाश पौडेलले डाक्टरहरुको लागि समेत योग अभ्यास निकै महत्व रहेको बताए । ‘बिरामी अपरेशन गर्नु अघि डाक्टरले आफ्नो मनलाई सन्तुलित राख्नु जरुरी हुन्छ । योग अभ्यासले मन तथा मष्तिस्कलाई सन्तलित राख्न मद्दत गर्दछ’ उनले भने ।

साभार देश परदेश


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...