विहीबार मुम्बई प्रहरीले बीवाईएल नायर अस्पतालकी २६ वर्षे पायल टाड्वीको सुसाइड नोट सार्वजनिक गरेको छ । उनले मे २२ को दिन आत्महत्या गरेकी थिइन् ।
आत्महत्याको आफूसँगै अध्ययनरत तीन चिकित्सक विद्यार्थीले दिएको मानसिक यातना, अपमान र दुरव्यवहार जिम्मेबार रहेको उनले नोटमा लेखेकी छिन् । तीन पानाको सुसाइड नोटमा हेमा अहुजा, भक्ति मेहर र अंकिता खण्डेवला आत्महत्याको लागि जिम्मेवार रहेको गम्भीर आरोप लगाइएको छ ।
‘मेरो र स्नेहाल सिन्दे (अर्की सहपाठी विद्यार्थी) को अवस्थाको लागि हेमा अहुजा, भक्ति मेहरे र अंकिता खण्डेलवालाई जिम्मेबार ठह¥याउँछु’, नोटमा लेखिएको छ ।
सीमान्तकृत समुदायकी ताड्वीको आत्महत्याले भारतीय चिकित्सिा क्षेत्र र भारतको ‘सेक्लुडेड कास्ट–सेक्लुडेड ट्राइब’ समुदायलाई स्तब्ध बनाएको थियो । ताड्वी महाराष्ट्रको सेक्लुडेड ट्राइबमा सूचीकृत ‘ताड्वी–भिल’ समुदायकी हुन् । ताड्वीले आत्महत्याको एक हप्तापछि उनको सुसाइड नोटमा उल्लेखित तीन महिलालाई पक्राउ गरिएको थियो ।
आमा–बुवालाई सम्बोधन गरिएको सुसाइड नोटमा ताड्वीले यातनाबाट छुटकारा पाउनको लागि उनले आफ्नो विभागबाट कुनै सहयोग नपाएको लेखेकी छिन् । पत्रमा लेखिएको छ, ‘म यस संस्थानमा ज्ञान आर्जनको आसा बोकेर आएकी थिएँ ।
तर शुरुदेखि नै यहाँ केही मानिसले हामीलाई दुर्व्यवहार गर्न थाले । यसबारेमा म र स्नेहालले शुरुमा कसैलाई केही भनेनौँ । तर यातना सहन नसक्ने स्तरमा बढेर गयो । मैले यातनाविरुद्ध कदम चाले तर त्यसले पनि कुनै परिणाम ल्याएन’, नोटमा भनिएको छ ।
‘मैले आफ्नो व्यक्तिगत जीवन, व्यवसायिक जीवन र सबै गुमाएको छु किनकी ती तीनले आफूहरु यस अस्पतालमा रहेसम्म मलाई पढ्न लेख्न नदिने कसम खाएको सुनाएका छन्’, ताड्वीको नोटमा उल्लेख छ ।
पत्रमा ती तीन जनाले आफूलाई पढ्नमा मात्र नभएर चिकित्सकीय अभ्यासमा पनि अवरोध पु¥याएको लेखेकी छिन् । यसबाट आफू मानसिक रुपमा प्रताडित रहेको ताड्वीले लेखेकी छिन् ।
‘मैले तिनको दुर्व्यवहारबारे म्याडमहरुसँग पनि कुरा राखेका छु तर त्यसले केही भएन । म अब सबै कुराको अन्त्यमा मात्र निकास देखिरहेको छु,’ नोटमा लेखिएको छ । प्रहरीले तयार पारेको अभियोगपत्रमा ताड्वीको सुसाइड नोटमा नाम उल्लेख भएको सिन्देको पनि वयान लेखिएको छ । सिन्देका अनुसार ताड्वीले आत्महत्या गर्नु अघिल्लो दिन ती तीन युवतीले उनको अपमान गरेका थिए ।
अस्पतालकी एक कर्मचारी मनिषा लावतीले आत्महत्याको तीन महिनाअघि आफ्नो अघि भएको एउटा घटनाबारे बताएको कुरा पनि प्रहरीको अभियोग पत्रमा उल्लेख छ ।
‘त्यस दिन ताड्वी वार्ड राउण्ड गरिरहेकी थिइन् । अहुजा त्यहाँ आइन् र ताड्वीको जातीतर्फ संकेत गर्दै दूरव्यहार गरिन् । अहुजाले ताड्वीतर्फ हेदैं ‘तँ बच्चा जन्माउन सक्दिनस् । तँ आफूलाई किन हाम्रो बराबारी उभ्याउन खोज्छस्,’ भनिन् ।’ लावतीले दिएको वयानमा उल्लेख छ ।
अभियोग पत्रमा सिन्देले सम्झना गरेको अर्को घटनको उल्लेख छ जहाँ अहुजाले ती दुई जना आरक्षणको कारणले मात्र पढ्न पाएको भन्दै गिज्याएकी थिइन् । जुलाई ३० मा बम्बई उच्च अदालतले ती तीन जनाको जमानतमाथि सुनुवाई गर्दैछ । तीमाथि आत्महत्या गर्न दुरुत्साहित गरेको आरोप लगाइएको छ ।
-नयाँपेजबाट