Sunday 21st June 2026

अमेरिका र दक्षिण कोरियाले संयु्क्त सैनिक अभ्यास गर्ने भएपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार


तितोपाटी – उत्तर कोरियाले छोटो दुरीका २ वटा क्षेप्यास्त्र जापानिज समुन्द्रमा प्रहार गरेको छ । दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेकाे लगत्ते उत्तरले यो परिक्षण गरेको हो । उत्तर कोरियाले पूर्वी शहर वोन्सानबाट सो क्षेप्यास्त्र प्रहार गरेको थियो । पहिलो क्षेप्यास्त्र स्थानीय समय अनुसार बिहानको ५ बजेर ३४ मिनेटतिर प्रहार गरिएको हो भने दोस्रो त्यसको २३ मिनेटपछि प्रहार गरिएको दक्षिण कोरियाले जनाएको छ । यो घटनाले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीचमा भएको परमाणु निशस्त्रीकरण वार्तामा नयाँ शंका उत्पन्न गराएको छ ।

दक्षिण कोरिया कोरियाका सेना प्रमुखकाअनुसार सो क्षेप्यास्त्र बिहीबार सि अफ जापानमा प्रहार गरिएको हो । सो क्षेप्यास्त्र ५० किलोमिटरको उचाइमा पुगेर ४ सय ३० किलोमिटरका दुरीमा समुद्रमा खसेको थियो ।

अर्को महिना दक्षिण कोरिया र अमेरिकाले युद्ध अभ्यास गर्ने योजना सार्वजनिक गरेपछि आक्रोशित बनेको उत्तर कोरियाले यो कदम चालेको अनुमान गरिएको छ । उत्तर कोरियाले संयुक्त युद्ध अभ्यासले परमाणु निशस्त्रीकरण सम्बन्धी वार्तालाई प्रभावित गर्न सक्ने चेतावनी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...