Sunday 7th September 2025

नेपाल टेलिकमको “विशेष प्रतिभा पुरस्कार” गायक डि बि लोप्चनलार्इ


बसन्त थापा- मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा बहु प्रतिभाका भरीपूर्ण एj+ स्वरका धनी गायक डीबी लोप्चन लाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ ।

बिगत लामो बर्ष देखि कुवेतमा कार्यरत लोप्चन नेपाली सांगीतिक क्षेत्रमा निकै सकृय रहदै आएका थीए गीत संगीत प्रति निकै रुचि राख्ने लोप्चन कुवेतमा रहदानै बिश्वको बिभिन्न देशहरूमा कार्यक्रमकै शिलाशिलामा जाने गरेका थिए।

चितवन ज़िल्लाको सौराहामा जन्मेका गायक लोप्चन कुवेतमा लामो समय सम्म श्रमजीवी गर्दै आएका थिए । हालै मात्र नेपाल फर्कीएका लोप्चन मलेसियाबाट म्युजिक भिडियोको विशेष अवार्ड सहित सम्मानित भएका छन।उक्त अवार्ड कार्यक्रममा नायिका आँचल शर्मा र नायक पल शाह सहित दर्जनौ कलाकारहरू रहेका थिए।

उक्त कार्यक्रममा उत्कृष्ट लोक दोहोरी गायिका अवार्ड उमा श्रेष्ठ र बिशेश प्रतिभा पुरस्कार द्वारा सम्मान अमृत खाती पनी रहेका थिए।

आधी गाग्रो पानी छलकिन्छ बोलको सर्मपित गित बजारमा ल्याएका गायक लोप्चनलाई नेपाल टेलिकम आयोजना मा भएको म्युजिक भिडियो अवार्ड कार्यक्रममा “बिशेष प्रतिभा पुरस्कार” बाट सम्मानित गरिएको हो भने लोप्चनका अरु थुप्रै गीत हरू बजारमा उपलब्ध रहेका छन।

मलेसियामा आयोजना गरिएको सो सम्मान नेपाली कलाकार को जम्बो टोलि पुगेको थियो । लोप्चनले सम्मान पछि प्रतिक्रिया दिदै पुरस्कार बाट अझै धेरै आफुमा जिम्मेवारी थपिएको र अझै उत्कृष्ट गीत संगीत सांगीतिक बजारमा ल्याउन प्रेरणा मिलेको बताएका छन ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पातलो ढंगले धम्की दिएका छन्, यदि उनी कीभसँगको द्वन्द्वमा…

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविराम पछि २६ पश्चिमी देशहरूले युक्रेनमा सेना तैनाथ गर्न सहमत भएको बताएका छन्। म्याक्रोनका अनुसार, यी…

जेरुसेलम: इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्रीले बुधबार भने कि कब्जा गरिएको पश्चिम किनारको भूभाग कब्जा गर्न नक्सा बनाइँदैछ, प्यालेस्टिनीहरूले राज्यको लागि खोजिरहेको…

प्रतिकृयाहरू
...