Friday 25th July 2025

कुवेतमा फेरी अर्को एक नेपालीको मृत्यु, जुलाइ महिनामा मात्रै कुवेतमा ६ जनाको मृत्यु


तितोपाटी – कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल – ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो ।

हिस्को कम्पनीमा कार्यरत उनी  रात्रीकालिन डिउटी सकेर कम्पनीको क्याम्पमा आएपछि खाना खाएर विस्तारामा सुतेकोमा विस्तारामै उनको मृत्यु भएको कुरा सोही कम्पनीमा कार्यरत मिलन श्रेष्ठले तितोपाटी डट कम लाइ जानकारी दिए ।

उक्त घटनाको सम्बन्धमा नेपाली दूतावास कुवेतलाइ जानकारी गराइ सकिएको र दूतावासले विस्तृत विवरण प्राप्त भएपछि कागजी प्रकृया पुरा गरि छिट्टै शब नेपाल पठाउने जनाएको छ ।

स्मरण रहोस, जुलाइ महिनाको २ हप्ताको दर्वियानमा मात्रै कुवेतमा कार्यरत ६ जना नेपालीको विभिन्न कारणले ज्यान गैसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...