Saturday 18th April 2026

अमेरिकामा पनि आँधी, बाढी-पहिरो र डुबान


तितोपाटी – अमेरिकामा शनिबार आँधी सँगै वर्षा भइ बाढी पहिरो आएपछि बाढीले डुबाएर जनजीवन प्रभावित भएको सिन्ह्वाले जनाएको छ । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।  शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

 

अमेरिकी राष्ट्रिय आँधी पूर्वसूचना केन्द्रका अनुसार आँधीपछि बर्षा भएकाले अरु धेरै क्षति भएको र थप खतरा रहेको अनुमान गरिएको छ ।  सामुद्रिक तटीय क्षेत्रबाट आएको आँधीले अमेरिकाका पूर्वी आवासीय क्षेत्रमा सबैभन्दा बढी नोक्सान गरेको छ ।

स्वयमसेवक तथा उद्धारकर्ताहरुले प्रभावितहरुलाई सुरक्षित गराउने र उद्धार गर्नेक्रम भने चलिरहेको जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

लन्डनबाट आएको एक विश्लेषणले देखाउँछ कि अमेरिका–इजरायल–इरानबीचको द्वन्द्व अब टाढाको समस्या मात्र रहेन। यसको असर ग्लोबल साउथका देशहरूमा सिधै देखिन…

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

प्रतिकृयाहरू
...