Friday 25th July 2025

अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षा फाैजको कारवाहीमा २० भन्दा बढी विद्रोही लडाकु मारिए


तितोपाटी – सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा २० भन्दा बढी विद्रोही लडाकु मारिएका छन्।  देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो।

उनले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीले लडाकुलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिएका छन्।

प्रवक्ता कारिमीले लडाकुतर्फ थप दश जना घाइते भएको पनि बताए। तर सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने उनले केही बताएनन्। भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौं स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

 


सम्बन्धित शीर्षकहरु

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

प्रतिकृयाहरू
...