Wednesday 26th August 2026

अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षा फाैजको कारवाहीमा २० भन्दा बढी विद्रोही लडाकु मारिए


तितोपाटी – सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा २० भन्दा बढी विद्रोही लडाकु मारिएका छन्।  देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो।

उनले इमाम सहिब जिल्लाको क्युर्घाम तापा क्षेत्रमा सरकारी सुरक्षाकर्मीले लडाकुलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिएका छन्।

प्रवक्ता कारिमीले लडाकुतर्फ थप दश जना घाइते भएको पनि बताए। तर सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा भने उनले केही बताएनन्। भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौं स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीले बताएका छन्।

 

 


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...