Friday 25th July 2025

यमनको एक अदालतद्वारा जासुसी गरेको आरोपमा ३० जनालाइ मृत्युदण्डको फैसला


तितोपाटी – विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु,प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ ।

यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो । नाम नबताउने शर्तमा एक अधिकारीले अदालतको आदेशका विरुद्ध अपिल गरिने जानकारी दिए । एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेश ‘कानुनको उपहास’ भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ ।

यमनमा विगत चार वर्षदेखि इरान समर्थित हुथी विद्रोही र साउदी अरेबिया समर्थित तथा अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारी फौजबीच भिषण युद्ध जारी छ । यमन युद्धमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस घरबार छाडेर अन्यत्र पलायन भएका छन् ।


सम्बन्धित शीर्षकहरु

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। आगामी २५…

प्रतिकृयाहरू
...