Monday 19th October 2026

भारतको उत्तरप्रदेशमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु


तितोपाटी – उत्तरी भारतको आगरामा सोमबार भएको बस दुर्घटनामा २९जनाको ज्यान गएको छ । दुर्घटनामा १८ यात्रु घाइते भएको भारती सञ्चारमाध्यमले जनाएका छन् । यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो।

भारतीय राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउतर्फ जाँदै गरेको बस आग्रा नजिकै दुर्घटनामा परेको हो । आग्रा लखनउबाट ३ सय ३६ किलोमिटरको दूरीमा छन् । प्रहरीले बस खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको जनाएको छ ।

ज्यान गुमाउनेहरूमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका रहेकी छन् ।बसमा ५० यात्रु थिए । उनले घाइते १५ को अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको अनुसार गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खोचमा खसेको हो ।

 


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...