Wednesday 26th August 2026

भारतको उत्तरप्रदेशमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु


तितोपाटी – उत्तरी भारतको आगरामा सोमबार भएको बस दुर्घटनामा २९जनाको ज्यान गएको छ । दुर्घटनामा १८ यात्रु घाइते भएको भारती सञ्चारमाध्यमले जनाएका छन् । यमुना एक्सप्रेस-वे बस नालीमा खस्दा उनीहरूको ज्यान गएको हो।

भारतीय राजधानी नयाँदिल्लीबाट उत्तर प्रदेशको राजधानी लखनउतर्फ जाँदै गरेको बस आग्रा नजिकै दुर्घटनामा परेको हो । आग्रा लखनउबाट ३ सय ३६ किलोमिटरको दूरीमा छन् । प्रहरीले बस खोचमा खसेका कारण उद्धारमा ढिलाइ भएको जनाएको छ ।

ज्यान गुमाउनेहरूमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका रहेकी छन् ।बसमा ५० यात्रु थिए । उनले घाइते १५ को अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको अनुसार गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खोचमा खसेको हो ।

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...