Wednesday 26th August 2026

अफगानिस्तानमा बम विष्फोट हुँदा १२ को मृत्यु


तितोपाटी -अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटको घटनामा परी कम्तीमा १२ जना मारिएका छन्। कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन्।

आइतबार भएको विस्फोटन पनि त्यसैको शृंखला भएको र विस्फोटमा परी कैयौं घाइते भएको जनाइएको छ। गुप्तचरसम्बन्धी एक कार्यालय नजिकै विस्फोट भएको हो। बताइएको छ।

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकुको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ। अफगानिस्तानमा १८ वर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी भने हुन सकेको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र एक सय ७९ घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन्।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...