Thursday 27th August 2026

अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको तयारी पुरा


तितोपाटी – अनेसास कुवेत च्याप्टरले अनेसास कुवेतको ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । करिब एक दशक देखि कुवेतमा रहेको नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रय नेपाली साहित्य समाज कुवेतले यस अघि नै ९औं बार्षिक उत्सव मनाउने भने पनि विविध कारणले रोकिएपछि नजिकिंदै गरेको भानु जयन्तिको अवसर पारेर वार्षिक उत्सव र भानु जयन्ती एक साथ मनाउन लागेको कुरा कार्यक्रमका संयोजक गोविन्द प्रसाद तिम्सिनाले तितोपाटी डट कम लाइ बताए ।

अनेसास कुवेत च्याप्टरले ९औं बार्षिक उत्सव तथा २०६औं भानु जयन्ती कार्यक्रम यहि आउदो १२ जुलाई २०१९ शुक्रबारका दिन आयोजना गर्न लागेको उक्त कार्यक्रममा साहित्य प्रति रूचि राख्ने सबै साहित्य अनुरागी मित्रहरूलाई  आ-आफ्नो रचनाहरु लिएर उपस्थित भैदिन हार्दिक अनुरोध गरेको छ ।

उक्त वार्षिक उत्सब, भानु जयन्ति र रचना वाचन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन तथा सभ्य र भव्यताका साथ सफल पारिदिन कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी, प्रतिनीधि, पत्रकार, समाजसेवी, वुद्धिजीवि तथा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा निमन्त्रणा गरेको छ ।

कार्यक्रमको विवरणः

स्थान :- पपिन्स हल जलिब, कुवेत ।
मिति :- १२ जुलाई २०१९ , शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।

आयोजकः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर ।

हिमाराज न्यौपाने “अन्जान”
अध्यक्ष
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत

प्रसाद तिम्सीना
कार्यक्रम संयोजक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...