Sunday 17th May 2026

भोटोकोशीमा बाढी, सिन्धुपाल्चोकमा घर र पुल बगायो, २ जनाको उद्दार, २ जना बेपत्ता


तितोपाटी – अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव आयोजनाको साइड इञ्चार्ज हुन् भने चौधरी इलेक्ट्रिसियन । ‘दुई जना सख्त घाइतेको हेलिकप्टरबाट उद्धार गरेर राजधानी लगिएको छ, हराएकाको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकामाभोटेकोसी ५ का कामी तामाङ र सोही गाउँपालिका वडा नम्बर ४ का पेम्बा थोक्याल छन् ।

शिवश्री हाइड्रो पावर कम्पनीद्धारा भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनामा कार्यरत कामदार यादव काफ्ले र रामऔतार चौधरी बाढीमा बगेर बेपत्ता भएका हुन्। उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापाले नागरिकन्यूजलाई बताए। अन्तिम चरणमा पुगेको २२ मेगावाट क्षमताको उक्त आयोजनामा उनीहरु ‘पाइप फिटिङ’ को काम गर्थे।

उक्त आयोजनाको पावर हाउसमा गार्डको काम गर्ने एक र लाफिङ बुद्ध जलविद्युत आयोजनामा काम गर्ने अर्का एक कामदार गरी दुई जना घाइते भएका हुन्। उनीहरुलाई आइतबार बिहान हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि ललितपुरको बिएण्डबी अस्पताल पुर्याइएको छ। हेलिकप्टर अवतरण गर्न नसकेपछि डोरीको सहायतामा घाइतेको उद्दार गरिएको शिविश्रीका सञ्चालक उमेश कसजूले बताए। शनिबार साँझदेखिको अविरल बर्षा नरोकिँदा राति ११ बजेतिर चाकु लगायत आसपासका खहरे खोला उर्लँदा भोटेकोसी नदीको बहाब उच्च बनेको थियो। इन्सपेक्टर थापाले बाढीले विभिन्न पाँच आयोजनामा व्यापक क्षति पु¥याएको बताए। ‘क्षति विवरण संकलन गर्दै छौँ,’ उनले भने। बाढीले निर्माणाधीन चाकुका साथै लाफिङ बुद्धका तीनवटा आयोजनामा भौतिक क्षति पु¥याएको छ। आयोजनाका बाँध र उत्पादन गृहमा लेदोमाटो र ढुंगा थुप्रिएको छ।

त्यतै भोटेकोसी नदीको चाकुमा निर्माणाधीन एक सय दुई मेगावटा क्षमताको मध्येभोटेकोसी आयोजनाको बाँधमासमेत बाढीले क्षति पुर्याएको छ। बाँधमा रहेका आयोजनाका एक ट्रिपर र एक एक्स्काभेटर पुरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ। आसपासको खहरे र भोटेकोसी उर्लेपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले राति नै स्थानीयलाई सचेत गराएको थियो। शुक्रबार मध्यराती मात्रै अविरल बर्षासँगैको बाढी भेल पस्दा जुगल गाउँपालिकाको गोल्चेमा निर्माणाधीन गाउँघर उज्याला जलविद्युत आयोजनामा कार्यरत एक इन्जिनियरलाई बगाएर बेपत्ता बनाएको थियो। दोलखा जिल्ला घर भएका बेपत्ता इन्जिनियर मूक्ति सिवाकोटी अझै फेला पर्न सकेका छैनन्।

भोटेकोसीकै मार्मिङगाउँको उर्लिएको हृयाङ्ले खोलाले चाकुमा एउटा घर र साँघु पुल बगाएपछि भागभाग मच्चिएको थियो। बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको थियो। तटीय क्षेत्रमा रहेका सीमाक्षेत्र लिपिङ, तातोपानी, कोदारी, दसकिलो, चाकुदेखि जम्बु,बाह्रबिसे,खाडीचौरसम्मका स्थानीय त्रसित छन्। अघिल्लो बर्खामा भोटेकोसीको बाढीको मच्चाएको वितण्डा सम्झेर स्थानीय दैव भरोसामा बाँचिरहेका छन्।

०७१ जुरेपहिरो, ०७२ भूकम्प,२०७३ असार २१ भोटेकोसी बाढीदेखि बर्खैपिच्छै पहिरोको त्रासमा जिल्लावासी छन्। ‘कोसी तटीयक्षेत्रमा बर्खामा के हुने हो भनेर तयार रहनुपर्छ, यो समस्या कहिले नबदलिने भयो,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने।

-कान्तिपरबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...