Friday 17th April 2026

नाइजेरियामा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विष्फोट हुँदा ३५ जनाको मृत्यु


तितोपाटी -नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार घटनामा परी अन्य एक सय एकजना घाइते भएका छन्।

बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार दुर्घटना भएको हो। ट्यांकर पल्टिएर दुर्घटना भएको बताइएको छ। ट्यांकरबाट चुहिएको पेट्रोलियम पदार्थ चोरी गर्दै थाप्नेहरुको भीड लागेका बेला ट्यांकरमा आगलागी भएको अधिकारीहरुले जनाएका छन्। सडक सुरक्षा दलका प्रदेश कमान्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरबाही तरिकाले ट्यांकर चलाएका थिए। त्यही बेला ट्यांकर हल्लिएर पल्टिएको उनले बताए।

आगलागी हुनुभन्दा अगाडि कम्तीमा ४५ मिनेटसम्म स्थानीयले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्यांकरमा ठोक्किएपछि आगलागी भएको थियो। मारिएकामध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्। नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...