Tuesday 23rd December 2025

भारतको मुम्बइमा भारी वर्षाको कारण २१ को मृत्यु, विमानस्थल तथा रेलवे सेवा समेत बन्द


तितोपाटी – मुसलधारे वर्षाका कारण भारतको मुम्बईमा २१ जनाको ज्यान गएको छ भने ७० जना भन्दा बढि घाइते भएका छन्।भारतको मुम्बईमा वर्षाको कारण पर्खाल भत्किए पछि  उनीहरूले ज्यान गुमाएका हुन् । अविरल वर्षाका कारण महानगरको रेल, सडक र हवाई यातायात सेवाहरू अस्तव्यस्त हुन पुगेका छन्। ज्यान गुमाउनेको परिवारलाई सरकारले ५ लाख क्षतिपूर्ति दिने मुख्यमन्त्री देवेन्द्र फदनाभीसले बताए।पछिल्ला २४ घन्टामा २२ जनाको मृत्यु भएको पनि भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

मृतक तथा घाइतेहरू मलाड क्षेत्रको एक निर्माणस्थलमा खटिएका मजदुरहरूको रहेको बताइएको छ। भारतको मौसम विभागले अझै केही दिन पानी पर्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । त्यहाँको सरकारले नीजि तथा सरकारी अफिस तथा स्कुलहरु बिदा गर्ने निर्णय गरेको छ ।

बिहानदेखिको भारी वर्षाले मुम्बईबाट मादगाउँ जाने रेलवेसमेत अवरूद्ध भएको छ। वर्षाका कारण मुम्बई विमानस्थलको रनवेमा विमान रोकिएकाले विमानस्थल पनि बन्द भएको छ ।  मुम्बईका लागि उडेका ५५ हवाई जहाजहरूलाई अन्तै पठाइएको छ भने ५२ उडानहरू रद्द गरिएको छ। शुक्रबारसम्म वर्षा जारी रहने विभागले जनाएको छ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...