Sunday 25th October 2026

झापामा सरकारलाइ खबरदारी गर्दै सडकमै रोपाइँ


तितोपाटी – सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिना सम्म पनि सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्।

ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान रोपेर स्थानीयवासीले विरोध जनाएका हुन्। एकातिर स्मार्ट सिटी भन्ने, अर्कोतिर जनताको ज्यान नै धरापमा पार्ने गरी बाटो खनेर अस्तव्यस्त पार्ने काम मात्र भएको विरोधमा स्थानीयले सरकारलाइ खबरदारी गरेका हुन् । बिर्तामोड–भद्रपुर सडकखण्ड आउँदो असोजसम्म पिच भइसक्नुपर्ने आयोजना हो तर ठेकेदारको लापरबहीका कारण काम समयमा हुन सकेकोको छैन। बाध्य भएर राजमार्गको मुख्य सडकमै धान रोप्नुपरेको स्थानीयवासीले बताएका छन्।

२७ करोड रुपैयाँमा ठेक्का लागेको उक्त सडकखण्डको ४ किलोमिटर सडक निर्माण पूरा गर्ने गरी आशिष प्रेरा जेभीले गत असारमा ठेक्का लिएको थियो।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...