Wednesday 26th August 2026

कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बिच भेटवार्ता


तितोपाटी – उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमास्थित गैर सैन्य क्षेत्रमा किमसंग संक्षिप्त भेटवार्ता गरेका हुन् । ट्रम्पले हिँजो शनिवार एक ट्वीट मार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले विश्वभर एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो।ट्रम्पको चाहना बमोजिम नै दुई नेताले भेट गरेका हुन् ।

भेटका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुन जाइनको समेत उपस्थिति थियो । किमको दक्षिण कोरिया भ्रमणपछि मुनसँगको यो तेश्रो भेट हो । भियतनाममा सम्पन्न दोश्रो शिखर सम्मेलनमा उत्तरकोरिया रुष्ट भएपछि ट्रम्पले किमलाई फकाउँदै आएका छन् । उनले चिठी समेत पठाएर किमलाई वार्तामा आउन पटपकट आग्रह गर्दै आएका थिए । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले सीमामा किमलाई भेट्न पाउँदा आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका थिए । योसँगै किमलाई विस्थापित क्षेत्रमा भेट्ने ट्रम्प पहिलो व्यक्ति समेत बनेका छन् ।

ट्रम्प उत्तर कोरियाको अपरान्हको समयमा केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।दुई नेताबीचको छोटो भेटमा हात मिलाएर एक अर्कालाई अभिवादन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...