Monday 22nd June 2026

भारतको महाराष्ट्र पुणेमा पर्खाल भत्किँदा १४ जनाको मृत्यु


तितोपाटी- भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो । ६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको छ । कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।

घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन । दुईजनालाई सकुशल उद्धार गरिएको समाचार संस्था एएनआईले जनाएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका पनि छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...