Tuesday 8th September 2026

गोरखामा शिक्षिकाको कुटाइबाट १० वर्षे विद्यार्थी घाइते


तितोपाटी –

गोरखा नगरपालिका ११ स्थित सेन्ट जोसेफ स्कुलमा पढ्ने १० वर्षीय बालकलाई शिक्षिकाले कुटेर घाइते बनाएकी छन्। कक्षा पाँचमा पढ्ने श्रीयन्स श्रेष्ठलाई विज्ञान विषय पढाउने शिक्षिका मनिषा मगरले सोमबार दिउसो कुटेर घाइते बनाएको बालककी आमा सुजना श्रेष्ठले जानकारी दिइन्।

सोही नगरपालिका १० छेपेटार निवासी घाइते बालकलाई गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ। उनको ढाड, हातमा जताततै निलडाम छ। उनले बान्ता पनि गरेको बालककी आमा सुजनाले जानकारी दिइन्।

किताब नल्याएको भन्दै फलामको रुलरले कुटेको घाइते बालकले बताए। ‘पाँचौ पिरियड विज्ञान मिसको थियो। मिसले खै किताब भनेर सोध्नुभयो। मैले छ भनेँ’, बालकले भने, ‘मैले किताब त ल्याएको थिएँ, तर साथीले लुकाइदिएछ। देखाउन सकिनँ। अनि ढाँट्छस् भनेर कुट्न थाल्नुभयो।’

आफ्ना छोरालाई निर्घात कुट्ने शिक्षिकालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बालककी आमा श्रेष्ठले बताइन्।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...