Monday 19th October 2026

इरानको हतियार प्रणाली विरूद्ध अमेरिकाको साइवर हमला


तितोपाटी – अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर हमला सुरु गरेको छ । केही अमेरिकी रिपोर्टमा दाबी गरिए अनुसार हवाई हमला नगर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयपछि यस्तो कदम उठाइएको हो ।वासिङ्टन पोष्टका अनुसार रकेट र मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । न्यूयोर्क टाइम्सले तेल ट्याङ्करमाथिको हमलापश्चात् एक अमेरिकी हवाई ड्रोन खसालेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कदम उठाएको बताएको छ ।

यो साइबर हमला थुप्रै हप्तासम्म जारी रहने बताइएको छ । यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्युशनरी गार्ड कर्पले गर्छ । यी हमलापछि यो प्रणालीमाथि अनलाइन काम गर्न बन्द हुनेछ र यसको सञ्चालन अफलाइन मात्रै गर्न सकिनेछ । यद्यपि, शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिकाविरुद्ध साइबर हमलामा तीब्रता ल्याउँदैछ भन्ने जानकारी दिएको छ ।

यसबाहेक राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने घोषणा गर्दै भनेका छन्, ‘जबसम्म इरानले आफ्नो व्यवहार परिवर्तन गर्दैन तबसम्म हामी इरानमाथि थप प्रतिबन्ध लगाउनेछौं ।’ उनले पत्रकारसँग भने, ‘हामी थप प्रतिबन्ध लगाइरहेका छौं । केही चीजमाथि त निकै तीब्र गतिमा ।’ इरानले आफ्नो परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा निश्चित सीमाभन्दा बढाउने बताएपछि ट्रम्पको यो बयान आएको हो ।

सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानको युरेनियम सम्वद्र्धनमा सीमा तय गरिएको थियो । यसको बदलामा इरानमाथि केही प्रतिबन्धलाई हटाइएको थियो जस्तै इरानको तेल निर्यातलाई अनुमती दिइएको थियो । तेल नै इरान सरकारको मुख्य आयश्रोत हो ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...