Monday 10th November 2025

हवाइमा विमान यात्रुवाहक दुर्घटना हुँदा ९ जनाको मृत्यु


तितोपाटी – हवाईको ओआहु टापुमा  शुक्रबार राति एक यात्रुवाहक विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ।

हवाई परिवहन विभागका अनुसार ओहुको उत्तर किनारमा डिलिंघम एयरफील्ड नजिकै सो दुर्घटना भएको हो। किंग एयर विमानमा सवार सबै जनाको मृत्यु भएको हवाई परिवहन विभागका प्रवक्ता टिम सखाराले जानकारी दिएको छ। नौ जना सवार उक्त विमानको दुर्घटना भए लगत्तै ६ जनाको मृत्यु भएको खवर ट्राफिक एजेन्सीले दिएको थियो।

स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन्। एनबीसीका एक कर्मचारीले भने, ‘फायर फाइटरको रुपमा मेरो ४० वर्षमा देखेको एकदमै भयानक दुर्घटना हो।’


सम्बन्धित शीर्षकहरु

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

प्रतिकृयाहरू
...