Thursday 19th February 2026

४४ जनाको मृत्यु हुने गरि भारतको हिमाञ्चल प्रदेशमा बस दुर्घटना


तितोपाटी – उत्तरी भारतमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४४ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा बिहीबार बस खोँचमा खस्दा अन्य कैयौँ घाइते भएका छन्। बस दुर्घटना हुँदा त्यसमा कम्तीमा ६० जना सवार थिए। त्यसमध्ये कतिपय बसको छतमा रहेको बताइएको छ। दुर्घटनाको खबरबाट आफू निकै दुःखी भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका छन्।

विवरणहरूमा जनाइए अनुसार साँघुरो र घुमाउरो मोडमा बस पल्टिएर गहिरो खोँचमा खसेको थियो। यसअघि अधिकारीहरूले दुर्घटनामा कम्तीमा २५ जनाको ज्यान गएको बताए पनि घाइतेमध्ये थप १९ जनाको मृत्यु भएको बताए। घटनास्थलबाट प्राप्त तस्वीरहरूमा एउटा झरनाको छेउमा बस पल्टेको र स्वयम्‌सेवकहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिन्छ। कुल्लु जिल्लाका प्रहरी प्रमुख शालिनी अग्निहोत्रीले समाचार संस्था एएफपीलाई बताए अनुसार पीडितमध्ये धेरै महिला तथा बालबालिका छन् जो विद्यालय र कामबाट फर्किरहेका थिए।

भारतमा प्रायः सडक दुर्घटनाहरू भइरहन्छ र हिमाञ्चल प्रदेशमा मात्रै सन् २००९ देखि २०१८ सम्ममा ३० हजारभन्दा बढी सडक दुर्घटना भएको तथ्याङ्क छ। भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार सो समयावधिभित्र सडक दुर्घटनामा परी ११ हजारभन्दा बढीको ज्यान गएको छ भने करिब ५४ हजार घाइते भएका छन्।

-बीबीसी


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...