Tuesday 23rd December 2025

इरानले अमेरिकी ड्रोन खसाले पनि अमेरिकाले सैनिक कार्वाही गर्न सकेन


तितोपाटी – इरानले अमेरिकी ड्रोन खसाले पनि अमेरिकाले सैनिक कार्वाही गर्न सकेन । इरानले ड्रोन खसाले लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिक कारवाही गर्ने बताए पनि अमेरिका यसबाट पछि हटेको बुझिएको छ । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा राष्ट्रपतिका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल र विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए । छलफलमा संलग्न अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले शुरुमा राडार र मिसाइल ब्याट्रीजस्ता इरानका केही सिमित लक्ष्यहरुहरुमा सैन्य कारवाही गर्ने अनुमति दिएका थिए ।

अपरेशन शुरु भएर शुरुवाती चरणमा रहेको बेला ट्रम्प आफ्नो निर्णयबाट ‘ब्याक’ भएको एक शीर्ष अधिकारीले बताएका छन् । ‘विमानहरु आकाशमा थिए, जहाजहरु पोजिसनमा थिए । मिसाइल भने फायर भैसकेको थिएन, त्यतिबेला नै यसलाई रोक्न आदेश आयो,’ ती अधिकारीले भने ।

ट्रम्पको आकस्मिक निर्णयले मध्यपूर्वमा उनको तेस्रो सैन्य कारवाहीमा पूर्णविराम लागेको छ । यसअघि उनले सन् २०१७ र २०१८ मा सिरियामा कारवाही गरेका थिए । ट्रम्पले के कारणले आफ्नो निर्णय बदले भन्ने भन्ने चाहीँ खुल्न सकेको छैन । र, फेरि पनि कारवाही अघि बढाइन्छ कि बढाइँदैन भन्ने पनि खुलेको छैन । यस विषयमा ह्वाइट हाउस र पेन्टागन अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

अमेरिकी समय अनुसार बिहीबार बिहान इरानको सर्फेस–टु–एयर मिसाइलले अमेरिकाको १३ करोड डलर पर्ने मानवरहीत ड्रोन खसालेको थियो । यसको प्रतिक्रियामा अमेरिकाले शुक्रबार बिहानै सैनिक कारवाही गर्ने तयारी गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...