Monday 19th October 2026

भेनेजुएलामा डुङ्गा दुर्घटना हुँदा ३० जना बेपत्ता


तितोपाटी – दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन्। पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिए। उनले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताए। उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन्। तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन्। तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन सकेको छैन।

एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो। हालसम्म ८० जना बेपत्ता छन्। यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए। परिवारका सदस्यहरुका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४०० अमेरिकी डलर तिर्नु पर्दछ। संयुक्तराष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एक तिहाईलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ।

राष्ट्रसंघका अनुसार विगत तीन चार वर्षको अवधिमा झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएका छन्। तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्याँक गलत रहेको दाबी गरेका छन्।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...