Sunday 12th October 2025

भारतको विहारमा गर्मीको कारण २३ जना बालबालिकाको मृत्यु


तितोपाटी -भारतको बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ले २३ बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासका क्षेत्रमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) र जापानी इन्सेफलाइटिस (जेई)बाट एक साताभित्र उनीहरूको मृत्यु भएको छ । मुजफ्फरपुर, पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामढी र वैशालीमा यो ज्वरोले प्रकोप रूप लिन थालेको छ ।

सुक्खा मौसमका कारण हुने ज्वरोबाट बालबालिका विरामी हुने र मृत्यु हुन थालेपछि बिहारका मुख्यमन्त्री नीतीश कुमारले चिन्ता व्यक्त गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयलाई सजग हुन निर्देशन दिएका छन् । ‘चमकी ज्वरो’बाट पीडित बालबालिकालाई मुजफ्फरपुरस्थित श्रीकृष्ण मेमोरियल कलेज हस्पिटल र केजरीवाल मातृसदनमा भर्ना गरिएको छ ।

श्रीकृष्ण मेमोरियलका अध्यक्ष डा. सुनील शाहीले सोमवार मात्र २० जना बालबालिका भर्ना भएको जानकारी दिएका छन् । हाल उक्त अस्पतालमा ७२ जना बालबालिका भर्नारत छन् । उपचारका क्रममा १९ जनाको मृत्यु भएको शाहले जानकारी दिए । चमकी ज्वरो आएका बालकमा एक्कासि सुगरको कमी देखिएको र केहीमा नुको मात्रा कम पाइएको छ । केजरीवाल अस्पतालमा ३९ जनाको उपचार भइरहेको र तीमध्ये ४ जनाको ज्यान गएको छ ।

राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ । सोमवार दिल्लीको तापमान ४८ पुगेको छ । यो अहिलेसम्मकै अत्यधिक तापक्रम हो । मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश पालावातले सन् २०१४ को जुन ९ मा ४७.८ डिग्री पुगेको बताए । दिल्लीमा बिहानै चर्को घाम लागेको र दिउँसो निकै तातो हावा चलेको थियो । दुई दिनसम्म लु र धूलोसहितको हुरी चल्ने मौसमविद्ले बताएका छन् । भारतीय मौसम विभागका अनुसार यो महिना आजसम्म ७.९ मिलिमीटर वर्षा हुनुपर्नेमा वर्षा हुन सकेकै छैन । वर्षा नभएका कारण वायु निकै प्रदूषित भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...