Wednesday 15th April 2026

भारतको विहारमा गर्मीको कारण २३ जना बालबालिकाको मृत्यु


तितोपाटी -भारतको बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ले २३ बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासका क्षेत्रमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) र जापानी इन्सेफलाइटिस (जेई)बाट एक साताभित्र उनीहरूको मृत्यु भएको छ । मुजफ्फरपुर, पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामढी र वैशालीमा यो ज्वरोले प्रकोप रूप लिन थालेको छ ।

सुक्खा मौसमका कारण हुने ज्वरोबाट बालबालिका विरामी हुने र मृत्यु हुन थालेपछि बिहारका मुख्यमन्त्री नीतीश कुमारले चिन्ता व्यक्त गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयलाई सजग हुन निर्देशन दिएका छन् । ‘चमकी ज्वरो’बाट पीडित बालबालिकालाई मुजफ्फरपुरस्थित श्रीकृष्ण मेमोरियल कलेज हस्पिटल र केजरीवाल मातृसदनमा भर्ना गरिएको छ ।

श्रीकृष्ण मेमोरियलका अध्यक्ष डा. सुनील शाहीले सोमवार मात्र २० जना बालबालिका भर्ना भएको जानकारी दिएका छन् । हाल उक्त अस्पतालमा ७२ जना बालबालिका भर्नारत छन् । उपचारका क्रममा १९ जनाको मृत्यु भएको शाहले जानकारी दिए । चमकी ज्वरो आएका बालकमा एक्कासि सुगरको कमी देखिएको र केहीमा नुको मात्रा कम पाइएको छ । केजरीवाल अस्पतालमा ३९ जनाको उपचार भइरहेको र तीमध्ये ४ जनाको ज्यान गएको छ ।

राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ । सोमवार दिल्लीको तापमान ४८ पुगेको छ । यो अहिलेसम्मकै अत्यधिक तापक्रम हो । मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश पालावातले सन् २०१४ को जुन ९ मा ४७.८ डिग्री पुगेको बताए । दिल्लीमा बिहानै चर्को घाम लागेको र दिउँसो निकै तातो हावा चलेको थियो । दुई दिनसम्म लु र धूलोसहितको हुरी चल्ने मौसमविद्ले बताएका छन् । भारतीय मौसम विभागका अनुसार यो महिना आजसम्म ७.९ मिलिमीटर वर्षा हुनुपर्नेमा वर्षा हुन सकेकै छैन । वर्षा नभएका कारण वायु निकै प्रदूषित भएको छ ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...