Tuesday 23rd December 2025

मालीमा अज्ञात हतियारधारी समुहको हमलामा ९५ जनाको मृत्यु


तितोपाटी – मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ । सोमबार त्यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् ।

सोमबारको उक्त घटनापछि अनुसन्धान गर्ने सरकारले जनाएको छ । केही समययता हिंसा जारी भएको उक्त क्षेत्रमा यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

एएफपी न्युजका अनुसार घटनास्थलमा मारिनेका शरीर जलेका छन् । साथै अधिकारीहरुले हराउनेहरुलाई खोजी गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...