Thursday 2nd May 2024

जनकपुर र विराटनगरबाट दुईतर्फी एयर रुट दिन भारत सहमत


काठमाडौं -भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिने भएको छ । यसका लागि शनिबार नेपाल र भारतको बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वर्ता गरेका थिए ।

 

समझदारीअनुसार अब नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए ।

अब भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्नेछन् ।

महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्म्ने गरी समहति भएको हो । विमानलाई काठमाडौं-महेन्द्रनगर-दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।

अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्ऽनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको श्रेष्ठले बताए ।

यसैगरी एयर नेभिगशेन लगायतका प्राविधिक विषयमा पनि दुई पक्षले मिलेर काम गर्न सहमति जनाएका छन् ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...