Sunday 18th October 2026

युरोपमा सुहानाको हट अवतार


तितोपाटी- ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल भइन् ।

धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् । प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने उनको फिल्म अभिनय धेरैले रुचाएका छन् ।

फिल्ममा पनि नर्मल पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा भने कहिले काही निकै हट तस्बिर शेयर गर्ने गरेकी छन् । हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसको कारण उनको चर्चा अहिले चुलिएको छ ।

तस्बिरमा उनले हल्का ग्रिन कलरको गाउन लगाएकी छन् । गाउनमा उनले गाडी भित्र र गाडी बाँहिर दुई तस्बिर खिचाएकी छन् । तस्बिरमा उनको सौदर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् ।

उनी अहिले युरोप टुरमा छिन् । सायद त्यसैले पनि होला अन्य कलाकार झै उनी पनि बिदेश पुगेपछि निकै खुल्न थालेकी छन् । पछिल्लो केही समययता उनले सार्वजनिक तस्बिरले पनि सो अनुमान लगाउन सकिन्छ ।
स्वदेश प्रदर्शनमा ५१ औं दिन मनाइसकेको ‘ए मेरो हजुर ३’ बिदेशका बिभिन्न मुलुकमा पनि राम्रो प्रदर्शन भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...