Thursday 6th August 2026

तीन किराती सस्थाले जुन ७ मा उभौली यक्वा तङ्नाम सालिवा श्यादर पिदार मनाउने


तिताेपाटी – कुवेतमा संयुक्त रूपमा तीन किराती सस्थाले जुन ७ मा उभौली यक्वा तङ्नाम सालिवा श्यादर पिदार मनाउने भएकाे छ । “भाषा संस्कार संस्कृतिकी संरक्षन किरातहरुको साझा अभियान” सम्बर्द्वन गर्ने, गराउने उद्देश्यले सामुहिक रुपमा कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत र सुनुवार सेवा समाज कुबेतले एकैसाथ उभौली यक्या तङ्नाम सालिवा श्यादर पिदार  मनाउने यायोक्खा कुवेतका अध्यक्ष मन्जित राईले जानकारी दिएका छन ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा रहेर कार्यरत किराती समुदायहरुले कला र संस्कृतिलाई जगेर्ण गर्दै विविध कार्यक्रम गरि सुरुवातका वर्षहरुमा आ-आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष यता भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ यी तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यसपालि भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न सांस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने गरि तयारीमा जुटेको अध्यक्ष राईले बताएका छन्।

फर्वानियाको युनिक अडिटोरियम हलमा (अल-हैतम रेष्टुरेण्ट पछाडी) आयोजना गरिने कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन आयोजकले सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अनुरोध गर्दै चुले निम्तो दिएको छ । कार्यक्रममा उभौली यक्या तङ्नाम सालिवा स्यादर पिदर साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहने छ ।

कार्यक्रम हुने  मिति, स्थान र समय  यस प्रकारकाे रहेकाे छ ।

मिति: ०७ जुन २०१९

स्थान: युनिक अडिटोरियम हल फर्वानिया

समय: बिहान ११ बजे


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...