Wednesday 15th May 2024

वैदेशिक रोजगारीमा महिलाको स्थिति


रञ्जिता भट्टराई – एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख बिरूवा मुर्झाउनु र पुनः त्यसमा नयाँ पात पलाउनुलाइ प्राकृतिक मानिन्छ । महिलाहरू वैदेशिक रोजगारीमा जाने क्रम पनि सामाजिक विकासको एक चरण हो भन्ने यो पंतिकारको ठम्याइ छ । यस्तै सन्दर्भको क्रममा महिलाको वैदेशिक रोजगारीको बारेमा अाउने विभिन्न चुनाैतीहरूलाइ सार्वजनिक गर्न चाहन्छु ।

नेपालमा वैदेशिक रोजगारीको लहर चलेको बेला हो यो । नेपाली युवा युवतीले विदेशबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुर्याएको घाम जस्तै सबैमा छर्लंगै छ ।
अझ पछिल्लो समयमा स्वाबलम्बी नागरिक बनि घर परिवारको अार्थिक बोझ कम गर्ने तथा अाफ्ना सन्ततीको भोलीको भविष्य सुधार्ने विभिन्न सपनाहरू बोकेर महिलाहरू वैदेशिक रोजगारीमा होमिएका छन् भनाै विदेशको लहरोमा तानिइरहेका छन् भने वैदेशिक रोजगारीमा रहेका व्यवहारिक र कानुनी कठिनाइको कारण महिला माथि हुने गरेका हिंसाका घटनाहरू दिनानुदिन बढ्दै गरेको देख्न र सुन्न पाइन्छ ।

पछिल्लो एक वर्षको तथ्यांक अनुसार ४ लाख युवा श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा गएका छन जसमा एक लाख भन्दा बढि महिला गएको पाइएको छ । अझ श्रम स्विकृति नलिइ अन्य मुलुकबाट जानेको त सरकारसँग पनि तथ्यांक छैन । यसले के पुष्टि गर्छ भने सरकारले देशमा रोजगारीको अवसरहरू सृजना गर्न नसक्दा हरेक वर्ष लाखाैंको संख्यामा युवा वर्ग  श्रम बेच्नको लागि विदेशमा जान बाध्य छन् । यसरी हेर्दा विदेशको लहरोमा तानिनेको संख्या दिनानुदिन बढ्दो छ भने शिक्षाको कमी, भाषिक अज्ञानता, सम्बन्धित काममा अनुभव नहुनु जस्ता कारणले वैदेशिक रोजगारीबाट सामाजिक सुरक्षा प्राप्त हुनुको साटो विभिन्न किसिमका जोखिम बढ्दो छ । वैदेशिक रोजगारीको कारण कतिपयको घरवार उजाडिएको छ । कोही जहाजमा चढेर विदेशमा कमाउन गएकाहरू कफनमा फर्काइएका छन् भने कतिपय विदेशका कारागारहरूमा अाजिवन कैदी र कोही फाँसीको पर्खाइमा छन् त कसैको घरबार उजाडिएको छ । विदेशमा वसेर घरबार बिर्सदा कतिपयका श्रीमानले स्वदेशमा अर्की श्रीमती भित्र्याउने, कतिपयका श्रीमती परपुरूषसँगको अनैतिक सम्बन्धमा परि मृत्युवरण गर्ने त कतिपयका छोराछोरीले मातृवात्सल्यता तथा अभिभावकत्व नपाउँदा कुलतमा फस्ने देखि अात्महत्या गर्ने सम्मका गम्भिर प्रकृतिका समस्याहरू देखा परेका छन् ।

यहाँ बुझ्नु पर्ने कुरा के छ भने वैदेशिक रोजगारीमा जानेहरूमा एक तिहाइ महिला रहेका छन् । प्राकृतिक रूपले पनि महिलाहरू पुरूषहरू जस्तो नभएकोले महिलाहरूको लागि विशेष वैदेशिक नीति बनाउनु पर्नेमा सरकारले यसबारेमा कुनै गम्भिर चासो दिएको देखिंदैन । वैदेशिक रोजगारीको सम्बन्धमा सरकारको फितलो नीति नियम र भएको कानून कार्यन्वयनमा पनि सरकारले कडाइ नगर्दा महिला हिंसा बढ्दै गएको देखिन्छ । दुनियाको अाँखाम छारो हाल्न वैदेशिक रोजगार एेन २०६४ बनेको भए पनि महिला श्रमिक विशेषको लागि कानुन बनेको छैन । त्यहि बनेको कानून पनि प्रभावकारी रूपमा कार्यन्वयन हुन नसक्दा महिलाहरू थप समस्यामा परेको देखिएको छ । कानूनको प्रभावकारी कार्यन्वयन नहुँदा रोजगारीमा जाने महिला कामदारहरू थप हिंसाको शिकार बन्न पुगेको कुरा यसबाट पनि अनुमान गर्न सकिन्छ ।

कम्जोर सरकारी संयन्त्र र अाम जनतामा चेतनाको कमिले गर्दा वैदेशिक रोजगारी व्यवस्थित र विकसित हुन सकेको छैन । संगठित क्षेत्रमा क्लिनर कामदारको भिसा लगाएर महिलालाइ घरेलु कामदारको रूपमा लैजाने प्रवृत्ति बढेको छ । यस तर्फ सरकारको ध्यान जान सकेको छैन । सरकारले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान श्रम स्विकृति नदिइकन विदेश जान रोक लगाए पनि दिल्लीको एयरपोर्ट प्रयोग गरि वैदेशिक रोजगारीमा अाउने क्रम अझै रोकिएको छन ।

समष्टिगत रूपमा भन्नु पर्दा महिलामा ज्ञान सीप र शिक्षाको अभावको कारण उनीहरूको वैदेशिक रोजगारीको अबस्था सुधार हुन सकेको छैन । सरकारको फितलो नीतिको कारण महिलाहरू अाफैले जोखिम मोलेर विदेश पस्ने गरेको यथास्थितिमा  सरकारले सम्भव भए सम्म महिलाहरूको हकमा स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने र विदेश जानै परे पनि विभिन्न प्राविधिक तालिम दिएर संगठित क्षेत्रमा रोजगारीमा पठाउनु पर्ने दिखिन्छ भने विदेश स्थित कुटनैतिक नियोगहरूले पनि महिला कामदारहरू भएका कम्पनिहरूमा समय समयमा निरिक्षण भेटघाट गरि अाफ्ना नागरिक सुरक्षित रहे नरहेको सम्बन्धमा सुपरिवेक्षण गर्नुे यदि एक जना मात्रै पनि महिला कामदार पीडित भएको पाएमा त्यस्ता रोजगारदातालाइ कालोसूचीमा राखी पीडितलाइ हक अधिकार र हदैसम्मको क्षतिपुर्ति दिलाउन कृयाशिल हुनुपर्ने देखिन्छ


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...