Monday 28th July 2025

दोलखामा २२ वर्षे अपांग छोराको हत्या गरेको आरोपमा ४४ वर्षीय बाबु पक्राउ


तितोपाटी – आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले ,घटनामा संलग्न हुन सक्ने भनि मृतकको बाबु चुडालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक जन्मजातै बोल्न नसक्ने भएको र जहीँ तहीँ फोहोर दिसा, पिसाव गरी हिड्ने र सोही दिन पनि घरमा फोहोर गरेको निहुँमा आवेशमा आई बुबाले घरमै रहेको हथौंडा ह्यामरले टाउकोमा प्रहार गर्दा तत्कालै मृत्यू भएको खुलेको छ ।

छोरा बेद बहादुरको मृत्यूपश्चात कम्बलमा पोको पारी खहेर खोलामा फाली कसैलाई नभनी बुबा गुपचुप बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ज्यान सम्बन्धी कसुरमा मृतकको बुबालाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दोलखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

प्रतिकृयाहरू
...