Monday 10th November 2025

साथीको शव गाड्ने पाँच जना पक्राउ


बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार प्रहरीले तिलोत्तमा नगरपालिका–११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, ३५ वर्षीय चन्द्रबहादुर थापा, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुनलाई पक्राउ गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तिलोत्तमा नगरपालिका११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकामा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।

प्रहरीका अनुसार गत वैशाख १ गते राति गौतमसहित स्थानीय ५–६ जनाको समुह गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न हिंडेका थिए । तर गौतम हराएपछि परिवार र प्रहरीले खोजतलास गर्दै जाँदा बँदेललाई मार्न राखिएको विद्युतीय धरापमा परी मृत्यु भएको पत्ता लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी दिए । विद्युतीय धरापमा परी गौतमको वैशाख १ गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...