Sunday 19th May 2024

मनकामना जाने तीर्थयात्री बोकेर हिँडेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु


तितोपाटी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ—३ सलाङघाटस्थित सफल होटल नजिकै यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलाखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको गजुरीस्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए ।

दोलखादेखि आइतबार बिहान तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खाल्डोमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ । यस्तै सख्त घाइते ८ जनाको थप उपचारार्थ राजधानी पठाइएका प्रहरीले जनाएको छ । उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...