Saturday 10th October 2026

मनकामना जाने तीर्थयात्री बोकेर हिँडेको बस धादिङमा दुर्घटना, २ जनाको मृत्यु


तितोपाटी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ—३ सलाङघाटस्थित सफल होटल नजिकै यात्रुबाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलाखा कालिन्चोक–७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र काल्चिोक माविमा १२ कक्षामा अध्ययनरत दोलखा सुनखानी निवासी करिव २८ वर्षीय हरिवंश केसी रहेको गजुरीस्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए ।

दोलखादेखि आइतबार बिहान तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खाल्डोमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १६ जनाको मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको छ । यस्तै सख्त घाइते ८ जनाको थप उपचारार्थ राजधानी पठाइएका प्रहरीले जनाएको छ । उक्त बसमा ३० जना भन्दा बढी यात्रु रहेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...