Sunday 27th July 2025

चितवनमा २ फरक सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते


तितोपाटी – चितवनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका ५ का ३७ वर्षीय रेशमबहादुर गुरुङ रहेका छन् । उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । सोही ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किएर साइकलयात्रि भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्।

ठक्कर दिने ट्रक र ट्रकका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।

त्यस्तै बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइसले इच्छाकामना ४ लेवाटारमा विपरीत दिशाबाट आइरहेको ग ७ प ९३९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख १९१२ नंको अर्को हाइसमा ठोक्किएको थियो । दुवै हाइस र चालक प्रहरी प्रहरी नियन्त्रणमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...