Friday 6th February 2026

उदयपुरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते


तितोपाटी – उदयपुरमा जीप दुर्घना हुँदा १ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सामान्य घाइते भएका हरुको कटारी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटनगर लगिएको छ । दुर्घटना के कारणले भएको भन्ने कुरा खुलेको छैन् ।


सम्बन्धित शीर्षकहरु

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

भारत–अमेरिका व्यापार सम्झौता : ऐतिहासिक मोड किन? सोमबार (फेब्रुअरी २, २०२६) भारत र संयुक्त राज्य अमेरिका बीच भएको नयाँ व्यापार…

प्रतिकृयाहरू
...